बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

पूर्वउच्च पदस्थहरूको सुविधा बढाउने सरकारी निर्णय फिर्ता होस् : नैनसिंह महर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ चैत, २०८१ मा प्रकाशित
पूर्वउच्च पदस्थहरूको सुविधा बढाउने सरकारी निर्णय फिर्ता होस् : नैनसिंह महर
पाल्पा, चैत १ :

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्वउच्च पदस्थ व्यक्तिहरूको थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने बताएका छन् । सरकारले पूर्वविशिष्टलाई कानुन संशोधन गरेर आजीवन सुविधा दिन लागेको विषय बाहिरिएसँगै नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन् ।

मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा रहेको समयमा सरकारले पूर्वउच्च पदस्थहरूको सेवा सुविधा बढाउने कुरा गर्न देश र जनताको हितमा नहुने उनको भनाइ छ । ‘अर्थतन्त्र अप्ठ्यारोमा छ । यो पूर्वउच्च पदस्थहरूको सेवा बढाउने नभइ पाइरहेको सेवालाई समेत केही कटौती गरेर देश र जनताको पक्षमा काम गर्ने समय हो,’ उनले भने ।

राज्यबाट राजनीतिक तवरमा सुविधा खानेहरूको अर्थतन्त्र सुदृढ नहुँदासम्म पाउने पारिश्रमिकसमेत कटौती गर्न आवश्यक रहेको उनले बताएका छन् । ‘यो जनतालाई सुविधा प्रदान गर्ने बेला हो । कांग्रेस ठूलो सत्तारुढ दल भएकाले यस्ता जनभावनाविपरीतका निर्णयमा सरकारलाई साथ दिनु हुँदैन । निर्णय सच्याउन पहल गर्नुपर्छ,’ उनले भने ।

अर्थतन्त्र अप्ठ्यारोमा रहेको अवस्थामा देशको नेतृत्व गर्ने व्यक्तिले मिल्न सक्ने खर्च कटौती गर्नु उपयुक्त हुने उनको धारणा छ । आफैँले आफ्ना लागि कानुन निर्माण गरी पूर्वउच्च पदस्थका हैसियतमा सरकारी सुविधाको दोहनलाई आमनागरिकले प्रश्न गरिरहेको समयमा थप सुविधा बढाउँदा जनतामा राम्रो सन्देश नजाने र यो मुलुकको हितका लागि उपयुक्त नहुने महरले बताएका छन् ।

‘आजको दिनमा राजनीतिप्रति आमनागरिकमा वितृष्ण बढ्दै गएको यथार्थ सर्वविदितै छ । नेता तथा दलको यस्तै सामान्यभन्दा सामान्य कुरामा ध्यन नदिँदा वितृष्णालाई बढावा दिइरहेको छ । नेता तथा दलले सरकारी सेवा सुविधाको मोहलाई त्याग्न सक्नु नै उपयुक्त हुन्छ,’ उनले भने । यस्तो हुन सके मात्र जनतामा लोकतन्त्रप्रतिको विश्वास बढ्ने महरको धारणा छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार