
काठमाडौँ, चैत ३ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा हुने जनाइएको छ ।
समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको राप्रपाले जनाएको छ ।
पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने तयारी छ।