भरतपुर, चैत ३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाउने राप्रपाका युवा संगठनका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता नीराजन बमलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । मकवानपुरको हेटौंडामा शनिबार राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले दाहालको तस्बिर जलाएका थिए । पक्राउ गरिएको त्यस घटनाको राप्रपाका नेता ज्ञानेन्द्र शाहीले संसद्‍मा विरोधसमेत जनाएका छन् ।