शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

‘फोटो जलाउँदैमा कसैलाई गिरफ्तार गर्नु उचित होइन’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ चैत, २०८१ मा प्रकाशित
‘फोटो जलाउँदैमा कसैलाई गिरफ्तार गर्नु उचित होइन’
फाइल तस्बिर।
काठमाडौं, चैत ३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोटो जलाउँदैमा कसैलाई गिरफ्तार गर्नु उचित नहुने बताएका छन् । 

दाहालले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै फोटो जलाउँदैमा पक्राउ गरिहाल्न नहुने बताएका हुन् ।

दाहालले भनेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’ 

दाहालको तस्बिर जलाएको आरोपमा प्रहरीले आइतबार भरतपुरबाट राप्रपाको युवा संगठनका नेता नीराजन बमलाई पक्राउ गरेपछि दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन् ।

बमले शनिबार हेटौंडाको एक कार्यक्रममा माओवादी अध्यक्ष दाहालको तस्बिर जलाएका थिए ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार