बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार प्रदेश लुम्बिनी प्रदेश

बाँकेमा एक महिनामा ६५ जना फरार प्रतिवादी पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ चैत, २०८१ मा प्रकाशित
बाँकेमा एक महिनामा ६५ जना फरार प्रतिवादी पक्राउ
नेपालगन्ज, चैत ४ :

प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

प्रहरीले पक्राउ परेर फरार प्रतिवादीबाट १५ वर्ष दुई महिना १८ दिन कैद र चार लाख ३५ हजार ५५ जरिवाना असुलउपर गरिएको प्रनाउ पातलीले उल्लेख गरे ।

नेपालगन्जबाट रु १४ लाख ७१ हजार आठ सय ७५ बराबरको अवैध भन्सार छलीको सामान बरामद गर्दै नेपालगन्ज भन्सार कार्यालय बुझाइको छ भने फागुनमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चारवटा टिपर र दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाई रु ४८ हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले बाँकेमा अवैध बोइलर कुखुराविरुद्धको कारबाहीमा भारतबाट ल्याइएका तीन लाख ७६ हजार आठ सय १० मूल्य बराबरको कुखुरा र मासु बरामद गरेर आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएर नष्ट गरिएको प्रनाउ पातलीको भनाइ छ ।

जिल्लामा प्रहरीले फागुनमा दर्ता भएका एक सय ३१ वटा मुद्दातर्फ एक सय दुई जनालाई  पक्राउ गरेर कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो अवधिमा ६५ वटा पेन्डिङ रहेका मुद्दा फछर्यौट भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार