काठमाडौं, चैत ४ :

बाजुरामा गाईलाई ढुंगाले हानेर खोलामा बगाएको घटना संसदमा उठेको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले बाजुराको जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको त्यस घटनाको विषय उठाएकी हुन् ।

गौदान पश्चात गाईलाई खोलामा बगाउन खोजिएको हृदयबिदारक थियो । उनले ढुंगा प्रहार गर्नेहरुमाथि छानबिन गरी कारबाहीको समेत माग गरेकी छन् ।

रानाले भनिन्, ‘गाई नदिमा जान डराउँछ तर ढुंगाहरू प्रहार गरी निरीह प्राणीको बाँच्च पाउने अधिकारको हनन् गरेका व्यक्तिहरूमाथि कडा छानबिन होस सरकार ।’

कसैको मृत्यु भएपछि नदी कटाएर गौदान दिने परम्परा अनुसार स्थानीयले गाईलाई ढुंगा हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।