बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

बेचन झाको थुनामुक्तको रिट खारेज

· सोमबार, ४ चैत, २०८१ मा प्रकाशित
बेचन झाको थुनामुक्तको रिट खारेज
काठमाडौं, चैत ४ :

भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।   सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको सोमबारको इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरे।

झाले गत माघ २ गते थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए। उनलाई भुटानी शरणार्थी बनाएर अमेरिकी पठाउने प्रकरणमा ठगीको आरोप लागेको छ।

गत असार १३ गते प्रहरीले झालाई पक्राउ गरेको थियो र उनलाई चार कसुरमा मुद्दा दायर गरेको थियो। झा र उनका अन्य साथिहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ।

यस मुद्दामा झासहित अन्य ८ जना प्रतिवादीहरू पनि थुनामा छन् । जसमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे पनि रहेका छन्। यद्यपि, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका केही प्रतिवादीहरू उच्च अदालत र सर्वोच्च अदालतबाट रिहा भइसकेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार