बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार कोसी प्रदेश

सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किँदा आठ घर गोठ जलेर नष्ट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ चैत, २०८१ मा प्रकाशित
सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किँदा आठ घर गोठ जलेर नष्ट
भोजपुर, चैत ४ :

भोजपुरको सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा आठ घर गोठ जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका–१२,  पारपानी टङ्टङ्केडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्ती पसेको हो ।

आगलागीबाट पारपानीका स्थानीय शम्भु चापागाईँको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रुद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईँको पाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाले जानकारी दिए।

अत्यधिक हावाहुरीका कारण आगो निभाउन नसकेपछि बस्तीमा क्षति पुगेको डिएसपी तिमिल्सिनाले बताए । आगोलागीबाट ढुङ्गा माटोले बनेका घरमा क्षति पुगेको हो । आगो निभाउन स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल प्रयोग गरी प्रयास भइरहेको तर हालसम्म निभाउन नसकिएको प्रहरीले जनाएको छ ।

हावाहुरीसँगै आगलागी हुँदा रामप्रसाद राई गाउँपालिका–४ दलगाउँ केराबारीमा पाँच घरभन्दा बढी जलेर नष्ट भएको छ ।  वडाका वडाध्यक्ष बाबुकुमार राईले आगलागी पूर्णरुपमा निभाउन नसकिएकाले क्षतिको विवरण अझै बढन् सक्ने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार