बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति शिक्षा भिडियो

स्ववियु निर्वाचन : त्रिविका ३८ आंगीक क्याम्पसमा मतदान, २ वटामा रोकियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
स्ववियु निर्वाचन : त्रिविका ३८ आंगीक क्याम्पसमा मतदान, २ वटामा रोकियो
काठमाडौं, चैत ५ :

त्रिविका ६२ मध्ये ३८ आंगिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएको छ । त्रिवि केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य -सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६२ मध्ये ३८ वटा आंगीक क्याम्पसमा चुनाव भएको हो ।

दुईवटा क्याम्पसमा भने चुनाव रोकिएको छ । मतदान सुरु भएको केही समयपछि नै विवाद उत्पन्न भएका कारण पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा रोकिएको हो ।

बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चलेको थियो । यद्यपि लाइनमा बसेकाहरुले भने निर्धारित समयभन्दा ढिलोसम्म पनि भोट हाल्न पाए ।

पृथ्वीनारायणमा भोलि पुनः मतदान हुने र पाटनमा सहमतिको प्रयास भइरहेको जनाइएको छ । ३८ वटामा आज निर्वाचन भएको र नभएका क्याम्पसहरुमा १५ दिनभित्रमा चुनाव गराउने तयारी छ । 

स्ववियु चुनाव : उपत्यकाका ८ आंगीक क्याम्पसमा स्थगित
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार