बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो ? : सांसद कार्की

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ चैत, २०८१ मा प्रकाशित
के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो ? : सांसद कार्की
काठमाडौं, चैत ६ :

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद रोशन कार्कीले हिजो टोखाबाट २५ करोड अवैध रकम बरामद भएको सम्बन्धमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा उनले नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फस्दै गएकोप्रति ध्यानाकर्षण गराएकी हुन् ।

‘हिजो मात्रै यूरो र डलर गरी  २५ करोड रुपैयाँ बोकेको ट्रक बरामद भएको छ, के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो ?,’ सांसद कार्कीले प्रश्न गरिन् ।

भ्रष्टाचारमा नेपालले नयाँ-नयाँ कृतिमान कायम गरिराखेको भन्दै सांसद कार्कीले हामीहरु ठगीको उपाधिबाट सुशोभित हुनु दुखद कुरा भएको बताइन् ।

उनले भनिन् , ‘अब अति भयो । जनताको परीक्षा नलिनुस् । जनताले तपाईंहरुलाई कठघरामा उभ्याउलान् ।’ सरकारले जनताको सहनशीलतामा परीक्षा लिइरहने हो भने कुनै दिन झिरिप्प जाने चेतावनी दिइन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार