मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार लुम्बिनी प्रदेश

रामपुरको सहिद बहुमुखी क्याम्पसको मतगणना रोकियो , प्रहरीद्वारा तीन राउन्ड हवाई फायर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ चैत, २०८१ मा प्रकाशित
रामपुरको सहिद बहुमुखी क्याम्पसको मतगणना रोकियो , प्रहरीद्वारा तीन राउन्ड हवाई फायर
फाइल तस्बिर।
पाल्पा, चैत ६ :

पाल्पाको रामपुर नगरपालिकास्थित सहिद बहुमुखी क्याम्पसमा मंगलबार राति मतगणनामा उत्पन्न विवादका कारण तनावपूर्ण अवस्था सिर्जना भएको छ। निर्वाचन अधिकृतको हस्ताक्षरमा मतदान सम्पन्न भए पनि मतगणना भइरहेका बेला विवादका कारण मतगणना स्थगित गरिएको  छ।

सहिद बहुमुखी क्याम्पसमा ५७१ मत खसिसकेको अवस्थामा केही मत गणना गर्न बाँकी रहेको थियो। यता, गणनास्थलमा भएको विवादले स्थिति असहज बनाउँदा नेविसंघका प्रतिनिधिहरू गणनास्थलबाट उठेर हिँडेका थिए। यसको परिणामस्वरूप क्याम्पस परिसरमा तनाव बढ्न गयो र वातावरण अशान्त बन्यो।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार, शान्ति कायम राख्नका लागि प्रहरीले एक घण्टासम्म प्रयास गरे पनि स्थिति नियन्त्रणबाहिर जान थालेपछि तीन राउन्ड हवाई फायर गरिएको थियो। यसबाट भीड तितरबितर पार्न सफल भएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक नरेन्द्र चन्दले भने, ‘क्याम्पस परिसरमा असहज परिस्थिति सिर्जना भएको थियो। त्यसकारण बल प्रयोग गर्नु परेको हो।’ क्याम्पस प्रशासनले भने सर्वपक्षीय बैठकको प्रयास जारी राख्दै मतगणनाको वातावरण निर्माण गर्न कोशिस गरेको जनाएको छ।

क्याम्पसमा यसपटक नेविसंघ र अखिल गठबन्धन बीच प्रतिस्पर्धा भइरहेको थियो। 

यसैबीच, नेविसंघका प्रतिनिधिहरूले भने प्रहरी प्रशासनबाट गोली चलाइएको विषयमा आपत्ति जनाएका छन्। उनीहरूले भने, ‘मतगणना सुरु भएदेखि नै मत सदर र बदरको विषयमा छलफल भइरहेको थियो, तर यसै बीचमा प्रहरी प्रशासनले गोली चलाउनु गलत हो।’

यस घटनाले क्याम्पसका विद्यार्थीहरू र राजनीतिक दलका प्रतिनिधिहरू बीच तनावको माहौल सिर्जना हुँदा मतगणनाको प्रक्रिया रोकिन पुगेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार