शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

चार देशको भ्रमण सकेर पर्यटनमन्त्री पाण्डे स्वदेश फिर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ चैत, २०८१ मा प्रकाशित
चार देशको भ्रमण सकेर पर्यटनमन्त्री पाण्डे स्वदेश फिर्ता
काठमाडौँ, चैत ७ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्यान्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी बुधबार राति स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा उनी नेतृत्वको टोलीले सम्बन्धित मुलुकका उच्च अधिकारीहरूसँग भेटवार्ता गरी पर्यटन प्रवर्द्धन, संस्कृति आदानप्रदान, हवाई सेवा विस्तार, जर्मनीमा रहेका ऐतिहासिक हस्तलिखित ग्रन्थ फिर्ता ल्याउने तथा धार्मिक पर्यटन सञ्जाल निर्माणलगायत विषयमा छलफल गरेको पर्यटन मन्त्रालयले जनाएको छ । 

मन्त्री पाण्डेलाई बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट’ हिमालयन क्षेत्रबाट ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको थियो ।

भ्रमणका क्रममा उनले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न साझेदारहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गरेका थिए ।

मन्त्री पाण्डेले जर्मनी र फ्रान्समा पर्यटन व्यवसायी, लगानीकर्ता तथा नेपाली समुदायसँग भेटघाट गरी नेपालमा पर्यटन पूर्वाधार तथा लगानी सम्भावनाबारे जानकारी गराएका थिए । 

यस्तै, थाइल्यान्ड र कम्बोडियामा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल गर्दै यी मुलुकहरूसँग आपसी सहकार्य विस्तार गर्न उनले पहल गरेका छन् ।

पर्यटनमन्त्री पाण्डेले जर्मनी भ्रमणका क्रममा हाइडेलबर्गस्थित सेन्टर फर एसिया एन्ड टान्स कल्चर स्टडिजद्वारा आयोजित कार्यक्रममा नेपाल सरकार सांस्कृतिक सम्पदाको पुनःस्थापनासम्बन्धी स्पष्ट नीति निर्माणको प्रक्रियामा रहेको जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार