बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार प्रदेश गण्डकी प्रदेश

प्रगतिशील लेखक सङ्घ गण्डकीको अध्यक्षमा यदुनन्दन उपाध्याय चयन 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
प्रगतिशील लेखक सङ्घ गण्डकीको अध्यक्षमा यदुनन्दन उपाध्याय चयन 
गण्डकी, चैत १० :

प्रगतिशील लेखक सङ्घ, गण्डकीको अध्यक्षमा प्रा डा यदुनन्दन उपाध्याय चयन भएका छन् । 

शनिबार पोखरामा सम्पन्न सङ्घको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कमला पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारीलाई चयन गरिएको छ ।

त्यसैगरी सङ्घको गोरखाका अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङका अध्यक्ष वासुदेव थापा, तनहुँका अध्यक्ष विनोदकुमार विक, स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, कास्कीका अध्यक्ष छवि सुवेदी विजयी, नवलपुरका अध्यक्ष काशीराम गैरे, पर्वतका अध्यक्ष आनन्द रिमाल, बागलुङका अध्यक्ष विजय राना तथा म्याग्दीका अध्यक्ष लीला गाउँले पदेन सदस्य रहेका छन् । 

अधिवेशनमा बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बागलुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ । 

अधिवेशनमा सङ्घका संस्थापक अध्यक्ष लोकबहादुर थापालाई ‘गण्डक साहित्य पुरस्कार’ बाट सम्मानित गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार