
नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक नभएको बताएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आइतबार आयोजित कार्यक्रममा सभापति देउवाले उनी संवैधानिक राजा हुन पनि नसक्ने बताए ।
उनले पूर्वराजा शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन समेत चुनौती दिए ।
सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको पार्टी सभापति बनाउन पनि सुझाव दिए । उनलाई सभापति बनायो भने राप्रपा पनि पछुताउने बताए ।
‘ज्ञानेन्द्र संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन्,’उनले भने,‘उनलाई बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ ।’ लोकतान्त्रिक गणगन्त्रको विकल्प अन्य कुनै हुनै नसक्ने देउवाको दाबी थियो । पूर्वराजा जनता भड्काउने काममा लागेको समेत उनको आरोप लगाए ।