शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
खेलकुद क्रिकेट

लुम्बिनीलाई फराकिलो अन्तरले हराउँदै आर्मी उपाधितर्फ अग्रसर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
लुम्बिनीलाई फराकिलो अन्तरले हराउँदै आर्मी उपाधितर्फ अग्रसर
भैरहवा, चैत १० :

विभागीय टोली त्रिभुवन आर्मी क्लबले आइतबार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

जितका लागि आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा अलआउट हुँदै ११२ रनमा समेटियो । लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए । मनीष थापा र बिप्रसन केसीले समान १३/१३ रन बनाएर आउट भए ।

यस्तै, नर सार्कीले १२, निर्मल गुरुङले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न आर्मीका शाहब आलमले सर्वाधिक चार विकेट लिए । आलमले ९.१ ओभर बलिङ गर्दै २ मेडन राखेर २५ रन खर्चिए । नरेन साउदले २ विकेट हात पार्दा सोमपाल कार्मी, आकाश चन्द, बसिर अहमदको नाममा एक/एक विकेट रह्यो ।

त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४३ रनको योगफल तयार पारेको थियो । आर्मीको जितमा बसिर अहमद नायक बने । उनले १०४ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ८६ रनको योगदान गरे । बसिर प्लेयर अफ द म्याच घोषित भए ।

भीम सार्कीले ४४, ओपनर तृतराज दासले ३१, सोमपाल कामीले २८ र कुशल मल्लले १७ रन बनाए । बलिङमा लुम्बिनीका अजय चौहान एक्लैले चार विकेट लिए । १० ओभर बलिङ गरेको चौहानले ४७ रन खर्चिए । कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रसन केसी, नर सार्की र कप्तान देव खनालले समान एक–एक विकेट हात पारे । यो नतिजासँगै उपाधि दाबेदार आर्मी १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार