काठमाडौँ, भदौ १० :

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ ।  

भदौ ११ गतेसम्म चल्ने बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण लगायत तीनवटा एजेन्डा तय भएको महासचिव  घनश्याम भुसालले जानकारी दिनुभयो ।

पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको जनाइएको छ ।

बैठक नयाँ बानेश्वरस्थित अर्पण बैङ्क्वेटमा बस्ने छ ।