बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र

अमेरिकी डलरको मूल्य घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
अमेरिकी डलरको मूल्य घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, चैत १२ :

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम भएको छ ।
 
यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ २८ पैसा र बिक्रीदर १४८ रूपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ १६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ १८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।
 
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ११ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४९, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ २७ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।
 
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १३ पैसा र बिक्रीदर नौ रूपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६७ पैसा कायम भएको छ ।
 
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८३ पैसा र बिक्रीदर ३० रूपैयाँ ९७ पैसा निर्धारण भएको छ ।
 
त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३ रूपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८८ पैसा र बिक्रीदर १९ रूपैयाँ ९७ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २८ पैसा रहेको छ ।

ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ १८ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार