काठमाडौँ, चैत १२ :

नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।  

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।