बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

बिहारको आरा रेलवे स्टेसनमा गोली चल्दा तीन जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
बिहारको आरा रेलवे स्टेसनमा गोली चल्दा तीन जनाको मृत्यु
फोटो : आरा रेलवे स्टेशन
भारत, चैत १३ :

बिहारको आरा रेलवे स्टेसनमा गोली हानी तीन जनाको हत्या गरिएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पान्डाले घटना मङ्गलबार राति प्लेटफर्म नम्बर दुईमा भएको बताएका छन् । तीन जनाको शव निकालिएको छ। यो घटना प्रेम सम्बन्धसँग सम्बन्धित हुन सक्ने सम्भावना रहेको पाण्डाले बताएका छन् ।

घटनाका अभियुक्त भोजपुरका २४ वर्षका अमन कुमार रहेको जनाइएको छ ।

आरोपी अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानेर हत्या गरेको र त्यसपछि उनले आफैलाई पनि गोली हानेको बताइएको छ ।

हत्यामा प्रयोग गरिएको हतियार जफत गरिएको र यस विषयमा थप अनुसन्धान गरिरहेको पाण्डाले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार