काठमाडौँ, चैत १३ :
विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसेको हो ।
बैठकमा चैत १५ गते सङ्घीय राजधानी काठमाडौँमा गर्न लागिएको आन्दोलनको विषयमा छलफल भइरहेको जनाइएको छ ।
बैठकमा सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि उत्पन्न परिस्थितबारे पनि छलफल हुने बताइएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा कार्यवाहक अध्यक्ष डीपी खनाल, नेसपा अध्यक्ष महिन्द्रा राय यादवलगायत सहभागी छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक