काठमाडौँ, चैत १३ :

विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसेको हो । 

बैठकमा  चैत १५ गते सङ्घीय राजधानी काठमाडौँमा गर्न लागिएको आन्दोलनको विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि उत्पन्न परिस्थितबारे पनि छलफल हुने बताइएको छ । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा कार्यवाहक अध्यक्ष डीपी खनाल, नेसपा अध्यक्ष महिन्द्रा राय यादवलगायत सहभागी छन् ।