काठमाडौँ, चैत १३ :

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मङ्गलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ कायम छ ।