आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
विदेश

दक्षिण कोरियामा डढेलोमा परि मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ चैत, २०८१ मा प्रकाशित
दक्षिण कोरियामा डढेलोमा परि मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो
कोलम्बो, चैत १५ :

दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भीषण डढेलो जारी रहँदा मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने अन्य ३० जना घाइते भएका छन् । 

केन्द्रीय प्रकोप र सुरक्षा उपाय मुख्यालयले गत शुक्रबारदेखि १० क्षेत्रमा मध्यम र ठूला आगलागी भएको बताएको छ, तीमध्ये अधिकांश ग्योङसाङ प्रान्तमा छन् । डढेलोका कारण कम्तिमा ३६ हजार नौ हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।

डढेलोले सन् २००० मा २३ हजार ७९४ हेक्टर जमिन नष्ट भएको थियो । डढेलोका कारण आठ जना गम्भीर घाइते भएका थिए । मुख्यालयका अनुसार अधिकांश पीडित ६० वर्ष वा सोभन्दा माथिका थिए ।

घर, कारखाना र सांस्कृतिक सम्पदा जस्ता प्रभावित भवन र संरचनाहरूको सङ्ख्या बढेर ३२५ पुगेको छ, जबकि ३७ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

तेज र सुख्खा हावाका कारण तिव्र गतिमा फैलिएको आगो नियन्त्रणका गर्न दमकलले प्रयास गरिएको थियो । हजारौं अग्नि नियन्त्रक साथै हेलिकप्टर जङ्गलको आगो निभाउन खटिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार