
काठमाडौँ, चैत १६ :
गृहमन्त्री रमेश लेखकले काठमाडौँको तीनकुने लगायतका क्षेत्रमा पुगेर राजावादीको समुहबाट भएको क्षतिको अनुगमन गरेका छन् ।
शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु समेत भएको थियो ।
गृहमन्त्री लेखकले शुक्रबारको प्रदर्शन राजनीतिक नभई अपराधिक कदम भएको बताएका छन् ।