बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

कमल थापाको टिप्पणी : प्रहरीले अनावश्यक बल प्रयोग गरेर स्थिति उत्तेजित बनायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
कमल थापाको टिप्पणी : प्रहरीले अनावश्यक बल प्रयोग गरेर स्थिति उत्तेजित बनायो
काठमाडाैं, चैत १६ :

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत १५ गते काठमाडौँमा राजावादीहरूको प्रदर्शनमा भएका हिंसा र अराजक घटनाको विरोध गरेका छन्।

तीनकुनेमा भएको आक्रमण र आगजनीमा करोडौँको धनमाल क्षति हुनुका साथै दुई जनाको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न उनले माग गरेका छन्।

थापाले हिंसाको विरोध गर्दै सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले प्रहरीले अनावश्यक बल प्रयोग गरी स्थिति उत्तेजित बनाएको आरोप लगाउँदै आन्दोलनलाई कमजोर पार्ने प्रयास नगरियोस् भनी चेतावनी दिएका छन्।

हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका पक्षमा शान्तिपूर्ण रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उनले राष्ट्रवादी आन्दोलनलाई थप सशक्त बनाउन आह्वान गरेका छन्। साथै, धवल शमशेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायतका नेताहरू संलग्न नरहेको भन्दै उनीहरूको तत्काल रिहाइको माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार