
काठमाडौँ, चैत १७ :
नेपाली बजारमा आइतबार सुनको मूल्य छ सय रुपैयाँले बढेको छ ।
बढेको मूल्यसँगै आज छापावाल सुन तोलामा एक लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७६ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँ घटेर तोलामा दुई हजार २५ रुपैयाँ कायम भएको छ ।