
काठमाडौँ, चैत १८ :
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य तोलामा एक लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
जुन मूल्य आजसम्मकै उच्च हो । आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर तोलामा दुई हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।