
काठमाडौँ, चैत २० :
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।
योसँगै आज प्रतितोला छापावाल सुनको मूल्य एक लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन एक लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।