शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
मनाेरञ्जन कला

चौथो सातामा झन् बलियो ‘अञ्जिला’, हिन्दी चलचित्रलाई पर्‍यो सकस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ चैत, २०८१ मा प्रकाशित
चौथो सातामा झन् बलियो ‘अञ्जिला’, हिन्दी चलचित्रलाई पर्‍यो सकस
काठमाडौं, चैत २१ :

गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ चौथो साता प्रवेश गरेको छ ।

यो चलचित्रको लोकप्रियता दिनप्रतिदिन बढ्दै जाँदा चौथो साताको पहिलो दिन करिब १४० शो प्राप्त गरेको छ । जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो ।

‘अञ्जिला’ ले भारतीय सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘सिकन्दर’लाई समेत नेपाल रिलिजमा धक्का दिएको छ । यो चलचित्रले भारतमा राम्रो व्यापार गरिरहे पनि नेपालमा भने कमजोर देखिएको छ । नेपाली दर्शकको रोजाइमा ‘अञ्जिला’ परिरहेको कारण हल सञ्चालकहरू ‘सिकन्दर’को शोहरू खाली भएका छन् ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । चलचित्रको प्रचारलाई थप बलियो बनाउन सुब्बा विभिन्न सहरहरूमा दर्शकमाझ प्रत्यक्ष संवाद गरिरहेकी छन् ।

उनले काठमाडौं, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगन्जलगायत स्थानमा उनले दर्शकसँग भेटघाट गर्दै ‘अञ्जिला’ हेर्न आमन्त्रण गरिरहेकी छिन् । एन्जिला गत शुक्रबार ग्रिसबाट नेपाल आएकी थिइन् ।

उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलका लागि उनी केही महिनायता ग्रिसमै थिइन् । एन्जिलाको यो भ्रमण विशुद्ध चलचित्रका लागि हो । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।

चलचित्रमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमिन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार