सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

गुरागाईंलाई रोक्ने बालेनको प्रयास असफल, उपमेयरको सहयोगमा हाजिर गर्न पाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ चैत, २०८१ मा प्रकाशित
गुरागाईंलाई रोक्ने बालेनको प्रयास असफल, उपमेयरको सहयोगमा हाजिर गर्न पाए
काठमाडौं, चैत २१ :

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को प्रयास असफल भएको छ ।

उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरू तथा कर्मचारीहरूको सहयोग पाएपछि गुरागाईं कार्यालय प्रवेश गरेका छन् । गुरागाईंलाई रोक्न बालेनले महानगर प्रहरी परिचालन गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत : काठमाडौं महानगरमा भाँडभैलो, मेयर-उपमेयरबीच समन्वयको संकट

कार्यालय प्रवेश गरेसँगै गुरागाईंले हाजिर पनि गरेका छन् । चाबी दिइएपछि गुरागाईं आफ्नो कार्यकक्षमा प्रवेश गरेका हुन् । साँचो नपाएपछि कर्मचारीहरूले ताला फुटाएरै उनलाई हाजिर गराउन खोजेका थिए ।

गुरागाईं महानगरपालिका प्रवेश गरेसँगै उपमेयर सुनिता डंगोलसहित वडाध्यक्षहरू सम्मिलित अनौपचारिक बैठक बसिरहेको छ ।  काठमाडौं महानगरपालिकामा प्रमुख कार्यकारी अधिकृत नहुँदा कर्चारी तथा जनप्रतिनिधिहरूको तलब तीन महिनादेखि रोकिएको छ । 

यो पनि…

नगर प्रहरीलाई ठेलेरै कार्यालय पुगे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार