काठमाडौं, चैत २२ :

बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ८८ वर्षीय मनोज कुमारको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो ।

हरिकृष्ण गोश्वामी वास्तविक नाम रहेका मनोज कुमारको जन्म १९३७ मा एबोटाबादमा भएको हो । जुन अहिलेको पाकिस्तानमा पर्छ ।

उनका फिल्महरूमा क्रान्ति, उपकार, सहिद, पूर्व और पश्चिम, रोटी कपडा और मकानलगायत छन् । उनको निधनमा विभिन्न दिग्गज कलाकारका साथै प्रधानमन्त्री नरेन्द्र मोदीले समेत शोक व्यक्त गरेका छन् ।