सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

काठमाडौं एक सातादेखि प्रदूषित सहरको सूचीमा कायमै, साओ पाउलो सबैभन्दा सफा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ चैत, २०८१ मा प्रकाशित
काठमाडौं एक सातादेखि प्रदूषित सहरको सूचीमा कायमै, साओ पाउलो सबैभन्दा सफा
काठमाडाैं, चैत २४ :

काठमाडौं उपत्यका एक सातादेखि विश्वको प्रदूषित सहरको सूचीमा कायमै छ ।  काठमाडौंको वायुले खतरनाक तह पार गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्राय  सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौंको वायु गुणस्तर आइतबार १७० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेको छ । यसलाई वायु गुणस्तरको खतरनाक संकेत मानिन्छ । आगलागी, धुलो र गाडीबाट निस्कने धूवाँका कारण काठमाडौंको हावा एक हप्तादेखि प्रदूषित छ ।

काठमाडौं विश्वकै प्रदूषित सहर बनिरहँदा ब्राजिलको साओ पाउलो सहर भने विश्वकै सफा सहर बनेको छ । साओ पाउलोको एक्यूआई ७ रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार