शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स #मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स
मनाेरञ्जन कला भिडियो

युट्युब ट्रेन्डिङमा ‘कर्मा’को ट्रेलर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ चैत, २०८१ मा प्रकाशित
युट्युब ट्रेन्डिङमा ‘कर्मा’को ट्रेलर
काठमाडौं, चैत २४ :

चलचित्र ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा आएको छ । नेपालसहति विभिन्न देशमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो ।

नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो । नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ । विभिन्न देशमा ट्रेन्डिङमा आएसँगै चलचित्र ‘कर्मा’को ओभरसिज माकेर्टमा डिमान्ड थप बढ्ने निश्चित छ ।

बिहीबार सार्वजनिक ‘कर्मा’ को ट्रेलरको सामाजिक सञ्जालमा उत्कृष्ट रहेको प्रतिक्रिया आइरहेको छ । सिनेमा रिलिजको मिति नजिकिँदै जाँदा ट्रेलरले चलचित्रको हाइप बढाइरहेको छ ।

ट्रेलरमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएका छन् ।

सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रस्ट पारिएको छ ।

आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिबन्धमा परेर गुन्डागर्दी र प्रहरीको हिरासतमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ ।

विपिनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भनेका छन् ।

‘कर्मा’मा विपिन, उपासना मुकुन र सरितासँगै दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय छ ।

‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भीएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, साहिल खानको टिजर-ट्रेलर, विजय बस्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट छन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार