काठमाडौँ, चैत २५ :

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार छापावाल सुनको मूल्य एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर तोलाको १८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।