काठमाडौं, चैत २५ :

नीलम ढुंगानाले नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी पाएकी छन् ।

वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबारदेखि बिदा लिइसकेका छन् । अर्थ मन्त्रालयका अनुसार ढुंगानालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम कामुको जिम्मेवारी दिइएको हो ।