शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स #मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स
मनाेरञ्जन कला

‘अञ्जिला’ को गीत ‘यो देशको झन्डा’ सार्वजनिक

निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स एन्थम’ को मान्यता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ चैत, २०८१ मा प्रकाशित
‘अञ्जिला’ को गीत ‘यो देशको झन्डा’ सार्वजनिक
काठमाडौं, चैत २६ :

चलचित्र ‘अञ्जिला’ को नयाँ गीत ‘यो देशको झन्डा’ सार्वजनिक गरिएको छ ।

सोमबार सार्वजनिक गरिएको यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् । संगीत हरि लम्सालको छ । गायिका बबिना किरातीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी मानिएको छ ।

गीत सार्वजनिक भएपछि निर्देशक मिलन चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यो गीत खेलकुद क्षेत्रका लागि एकदमै विशेष छ । अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनुपर्छ । यो निकै ऊर्जाशील गीत हो, यसले राष्ट्र बोकेको छ । खेलाडी बोकेको छ । खेलकुद बोकेको छ । यो नेपालका लागि स्पोर्ट्स एन्थम हो । एन्फाले नै यो गीतलाई स्पोर्ट्स एन्थमका लागि पहल गर्नुपर्छ ।’

गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ चौथो सातामा चलिरहेको छ । नेपालमा सुपरहिट साबित भइसकेको यस चलचित्रलाई हाल नेपालीहरूको बसोबास रहेको विभिन्न देशहरूमा पनि प्रदर्शन भइरहेको छ ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ । एन्जिला आफैँले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । बाल्यकालदेखि लिएर व्यावसायिक खेल जीवनसम्मको उनको सङ्घर्ष र सफलताको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।

यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । जो चलचित्रमा कलाकारको रूपमा समेत प्रस्तुत भएका छन् । श्रेष्ठलाई एन्जिलाले आफ्ना ‘गड फादर’का रूपमा लिने गरेकी छन् ।

हालै एन्जिला केही समयको लागि नेपाल आएकी थिइन् र देशभरका दर्शकसँग प्रत्यक्ष भेटघाट गरेकी थिइन् । उनी ग्रिसको शीर्ष डिभिजन महिला फुटबल लिगमा निस एट्रोमिटौ क्लबबाट खेलिरहेकी छिन् र हाल पुनः ग्रिस फर्किएकी छिन् ।

‘अञ्जिला’ चलचित्रमा एन्जिला तुम्बापोसँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमिन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार