सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी #प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी
समाचार विदेश

उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
बेइजिङ, चैत २७ :

उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ ।

राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मङ्गलबार राति ९ः०० बजे आगलागी भएको  बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

बुधबार बिहान ३ः०० बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ ।

नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको सरकारी समाचार एजेन्सीले जनाएको छ । सिन्ह्वाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

नर्सिङ होमका लागि जिम्मेवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको काउन्टी सरकारले जनाएको छ ।

जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु र १५ जना घाइते भएका थिए ।

त्यसभन्दा एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार