शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश #नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश
मनाेरञ्जन कला

३६ दिनमा ‘वरिष्ठ बलराम’ को इन्डक्ल्याप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
३६ दिनमा ‘वरिष्ठ बलराम’ को इन्डक्ल्याप
काठमाडौं, चैत २७ :

सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’ को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो ।

‘हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौं । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,’ निर्देशक पौडेलले भने, ‘अब पोस्टप्रोडक्सनमा पनि मिहिनेत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्नेछौँ ।’

सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जनप्रदान हुने निर्देशक पौडेलले बताए । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ ।

‘वरिष्ठ बलराम’ले यसअघि नै रिलिज डेट लिइसकेको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’मा डीओपी मानकृष्ण महर्जनको छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी छ ।

‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो । चलचित्रलाई काठामाडौं उपत्यकामा डीसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार