बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

विभागीय प्रमुखहरुलाई असल व्यवहारका साथ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
विभागीय प्रमुखहरुलाई असल व्यवहारका साथ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ, चैत २७ :

गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारीहरुसहित मन्त्रालयका विभागीय प्रमुखहरुलाई असल व्यवहारका साथ सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

आज बसेको ‘भर्चुअल’ बैठकमा मन्त्री लेखकले सेवा प्रवाहसँग असल व्यवहार, बानी र वचन जोडिएको बताए । “सेवा प्रवाहको विषय असल वचनसँग जोडिएको हुन्छ”, उनले भने, “सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन ।” उनले सीमित स्रोतसाधन, जनशक्ति र भौतिक पूर्वाधार अभावकाबीच काम गर्नुपरेको बताए ।

“सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुहोला”, उनले भने, “अरुको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो ।” कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उहाँले सेवा प्रवाह सुधारका साथै हेल्पडेस्क र टोकन प्रणाली कार्यान्वयनमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार