बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#कानुनी उपचारको खोजीमा #दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#कानुनी उपचारको खोजीमा
कर्पोरेट

एलओडी क्लब विश्वकै ४४औं स्थानमा उक्लियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
एलओडी क्लब विश्वकै ४४औं स्थानमा उक्लियो
काठमाडौं, चैत २८ :

काठमाडौंको ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट क्लबमध्ये ४४औं स्थानमा परेको छ ।

यूकेस्थित डीजे म्यागले छनोट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४औं स्थानमा परेको हो ।

म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डीजे क्लबको सहभागिता रहन्छ । डीजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबको छनोट गर्ने गर्छ । 

एलओडी डीजे म्याग टप सयको छनोट भएर ४४औं स्थानमा पर्न सफल भएकाले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए । उनकाअनुसार यसपटक पनि मुलुकका  पाँच सय क्लब सहभागी  थिए।

‘एलओडी क्लब डीजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय  हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओडी  छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’

सयवटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ। विश्‍वको सय उत्कृष्ट क्लबमा पार्न सबैको साथ-सहयोग रहेको बताउँदै कुँवरले रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए ।

मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ । टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए ।

कुँवरका अनुसार क्लबका लागि अब थप नयाँ चुनौती बनेको छ । ४४औं स्थानमा परेसँगै क्लबलाई आकर्षक बनाउँदै लगिने उनले प्रस्ट्याए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार