बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘राजनीतिक स्थिरताका लागि सरकारले काम गरिरहेको छ’

वर्ष ०८२ सबै नेपालीका लागि राम्रो वर्ष बनोस् : उपप्रधानमन्त्री सिंह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ चैत, २०८१ मा प्रकाशित
‘राजनीतिक स्थिरताका लागि सरकारले काम गरिरहेको छ’
काठमाडौं, चैत २९ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आउँदै गरेको वर्ष ०८२ सबै नेपालीका लागि अघिल्ला वर्षहरुभन्दा राम्रो होस् भन्दै शुभकामना दिएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान-प्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रममा उनले शुभकामना व्यक्त गरेका हुन् ।

‘नयाँ वर्ष सबैका लागि राम्रो होस् । सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दछु । सबै जीवन सहज रुपमा अघि बढोस्,’ उनले भने, ‘बितेका वर्षमा आशा गरेअनुसार गर्न नसकेका कामहरु सम्पन्न गर्न हामी सबैलाई सफलता मिलोस् । नेपालको राष्ट्रिय राजनीतिमा स्थिरताका लागि सरकारले काम गरिररहेको छ । जीवन र जिविकोपार्जन सहज बनाउन सरकारले काम गरिररहेको कुरा पनि भन्न चाहन्छु ।’

उनले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास होस् भन्दै वर्ष ०८२ नेपाल र नेपाली जनताका लागि वर्ष ०८१ भन्दा राम्रो बन्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भित्तेपात्रो विमोचन गरेका थिए  । त्यस अवसरमा उनले आफ्नो निर्वाचन क्षेत्रका कांग्रेस नेता,कार्यकर्तासँग शुभकामना आदान-प्रदान गर्दै सबैमा सुख,शान्ति र समृद्धिको कामना गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार