सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३० चैत, २०८१ मा प्रकाशित
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पाल्पा, चैत ३० :

पाल्पाको तिनाउ गाउँपालिका- ३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

बिहान ४ बजेतिर खसेको पहिरोले एउटा कारसमेत पुरिएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ ।

बुटवलबाट पाल्पा भैरवस्थान आउँदै गरेको कारका चालक र यात्रु भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर एक टिपरसमेत फसेको छ ।

कल्भर्टमा फसेको टिपर हटाउने र सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको दोभान प्रहरी चौकीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार