काठमाडौँ, चैत ३० :

काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ ।

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको उनले बताए ।