काठमाडौं, वैशाख ३ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि (बिहीबार) केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बस्नेछ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा अघिल्लो बैठकका निर्णयहरू, हालसम्मका पार्टी गतिविधिहरू, केन्द्रीय सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुनेछ ।

उनका अनुसार बैठकमा महाधिवेशन कार्य विवरण, ‘जन यात्रा’ कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल,संगठन सबलीकरणलगायत विषयहरूमा पनि छलफल हुने छ ।