बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार

सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ वैशाख, २०८२ मा प्रकाशित
सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई
काठमाडौं, वैशाख ५ :

‘सञ्चारिका अग्रणी सम्मान २०८०’ पत्रकार डा. हरिकला अधिकारी र उषा लोहनीलाई प्रदान गरिएको छ ।

सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनका अवसरमा आज (शुक्रबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुवै जनालाई उक्त पुरस्कार प्रदान गरे ।

यस्तै ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

सञ्चारिकाले ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ धनुषाको जनकपुरबाट पत्रकारिता गर्दै आएकी पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरेको छ । उनी जनकपुरको अप्पन टीभीमा कार्यरत छिन् । पुरस्कारको राशि १० हजार रुपैयाँ छ ।

‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको छ । उनीहरू सबैलाई मन्त्री गुरुङले पुरस्कार प्रदान गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार