बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ वैशाख, २०८२ मा प्रकाशित
‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’
काठमाडाैं, वैशाख ६ :

नेपाली कांग्रेसका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाली कांग्रेस, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण’ कार्यक्रममा नेताहरुले संविधानको रक्षासँगै कार्यान्वयनको निम्ति परिवर्तनकारी शक्तिहरु एकीकृत हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति  राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिए । ‘अहिले गाउँ रित्तो भएको छ, युवाहरु विदेश पलायन भएका छन्, नेपालमा पनि धेरै सम्भावना छ, ऊर्जा, पर्यटन र कृषिमा पर्याप्त सम्भावना छ,’ उनले भने, ‘त्यो सम्भावनालाई रोजगारीमा परिवर्तन गर्न सबै लाग्नुपर्छ ।’

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले अरु शक्तिसँग भिड्नका लागि सबैभन्दा कांग्रेस पार्टी आफैँ साङ्गठानिक रुपमा बलियो हुनुपर्नेमा जोड दिइन् । ‘कांग्रेसले आफूलाई कमजोर बनाउन हुँदैन, वादविवाद गरेर होइन, एकीकृत हुँदै पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्ने बेला आएको छ,’ महिला विभाग प्रमुख भुसालले भनिन् , ‘ कांग्रेसभित्रको एकता बलियो भएको खण्डमा मात्रै अरुसँग भिड्न सकिन्छ।’

कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पछिल्लो समयमा दलहरुप्रति आमजनताको निराशा बढ्दै गएको उल्लेख गर्दै दलहरु सच्चिने बेला आएको बताए । ‘चैत १५ गते राजावादी भन्नेहरुले तीनकुनेमा अशान्ति मच्चाए, गणतन्त्रलाई संस्थागत गर्नका लागि पूर्वराजाको सुविधा कटौती गर्दै लैजानुपर्छ, उनले भने, ‘उgको सम्पत्तिको छानबिन गर्नुपर्छ ।’ 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार