बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन : निषेधित क्षेत्र नतोड्न प्रहरीको माइकिङ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ वैशाख, २०८२ मा प्रकाशित
माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन : निषेधित क्षेत्र नतोड्न प्रहरीको माइकिङ
काठमाडौं, वैशाख ७ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ ।  प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीले माइकिङ गरेको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन अहिले बानेश्वरतर्फ अघि बढेको छ। प्रदर्शनका क्रममा राजावादीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सचेत गराउँदै प्रहरीले माइकिङ गरेको हो।

शनिबार नै राप्रपाले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कारबाही गर्ने चेतावनी दिएको थियो। राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गर्दै आजको प्रदर्शन गरेको हो । राजतन्त्र पुन:स्थापनाको माग राखेर राप्रपाले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ।

यसअघि बल्खुमा चैत २६ गते राप्रपाले विरोधसभा गरेको थियो । गत चैत १५ तीनकुनेमा भएको प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु अनुसन्धानका लागि अहिले प्रहरी हिरासतमा छन् । पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार