शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ वैशाख, २०८२ मा प्रकाशित
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा
काठमाडौं, वैशाख ७ :

सिंहदरबारभित्रै प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन्।  प्रहरीले उनीहरुलाई केही घण्टा नियन्त्रणमा लिएर छाडेको हो ।

राप्रपा संसदीय दलको कार्यालय पुगेर फर्केका अध्यक्ष लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले सिंहदरबारमै प्रदर्शन गरेका थिए।

चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै आइतबार सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई तत्कालै पक्राउ गरेको थियो । सिंहदरबार भित्र र वरपरको क्षेत्रमा धर्ना,जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार