
काठमाडौं, वैशाख ७ :
सिंहदरबारभित्रै प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन्। प्रहरीले उनीहरुलाई केही घण्टा नियन्त्रणमा लिएर छाडेको हो ।
राप्रपा संसदीय दलको कार्यालय पुगेर फर्केका अध्यक्ष लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले सिंहदरबारमै प्रदर्शन गरेका थिए।
चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै आइतबार सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई तत्कालै पक्राउ गरेको थियो । सिंहदरबार भित्र र वरपरको क्षेत्रमा धर्ना,जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।