
काठमाडौं, वैशाख ८ :
सुनको मूल्य आज फेरि अहिलेसम्मकै उच्च बनेको छ । विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो ।
सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । सुन हिजो (आइतबार) भने प्रतितोला एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी एक हजार ९ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज (सोमबार) सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीहरु बताउँछन् ।