बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

गुणाकर भट्टविरुद्धको रिट आज पनि हेर्न भ्याइएन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ वैशाख, २०८२ मा प्रकाशित
गुणाकर भट्टविरुद्धको रिट आज पनि हेर्न भ्याइएन
काठमाडौं, वैशाख ८ :

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टविरुद्धको रिटमाथि आज पनि सुनुवाइ नहुने भएको छ । 

सुनुवाइका लागि न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको थियो । आज पनि रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

 आइतबार पनि यस्तै भएको थियो । गभर्नरमा सिफारिस नहुँदै उनको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको थियो ।

अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतीले गभर्नर नियुक्तिका लागि भट्टको योग्यता नपुगेको दावी गर्दै गत शुक्रबार रिट दायर गरेका थिए । भट्टले कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छैन ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार