बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

रवि लामिछानेको निवेदन संयुक्त इजलासमा सुनुवाइ हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ वैशाख, २०८२ मा प्रकाशित
रवि लामिछानेको निवेदन संयुक्त इजलासमा सुनुवाइ हुने
काठमाडौं, वैशाख ९ :

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति  रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन अब संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।

उनको रिहाइ माग्दै सर्वोच्च अदालतमा दर्ता गरिएको रिट निवेदनमाथि मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। सुनुवाइपछि न्यायाधीश मुसलमानले उक्त निवेदन संयुक्त इजलासमा पेशी तोक्न आदेश दिएका हुन्। अब उक्त निवेदनमा दुई न्यायाधीश रहने संयुक्त इजलासले सुनुवाइ गर्नेछ।

रविलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन्।

रुपन्देही जिल्ला अदालतले रविलाई सुप्रिम सहकारी ठगी मुद्दामा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सो आदेश बदर गर्दै उनलाई थुनामै पठाउन आदेश दिएपछि उनी अहिले रुपन्देही कारागारमा छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार